arrow

जसले फोन बुथदेखि सिमेन्ट कारखानामासमेत काम गरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
vijay-sethupathi.jpg

काठमाडौं । विजय सेतुपति दक्षिण भारतीय चलचित्रका सुपरस्टार हुन्  । दमदार अभिनय, संवाद लेखनदेखि गीतकार र निर्मातासम्म उनले आफूलाई साउथ फिल्म उद्योगमा प्रमाणित गरिसकेका छन् । धेरै तमिल फिल्ममा काम गरिसकेका विजय सेतुपति आज विलासी जीवन बिताइरहेका छन् । आज विजयको ४४ औं जन्मदिन हो ।

विजय सेतुपति अभिनय जगतमा आउनुअघि लेखापाल थिए । तर, आफूभित्र लुकेका कलाकारितालाई उनले कहिल्यै मर्न दिएनन् । पेशाको भरमा नै उनी स–साना भूमिका गर्दै चर्चित नाम बनेका हुन् । उनलाई पहिलो पटक २०१० को फिल्म 'थेनमुर्क परुवाकाटरू'मा ठुलो भूमिकाको प्रस्ताव आएको थियो। विजयले अहिलेसम्म ३० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

विजय सेतुपतिले पैसा कमाउन निकै सङ्घर्ष गरे । उनले आफ्नो खर्च चलाउन सेल्सम्यान, क्यासियर, फोन बुथ अपरेटरको रूपमा पनि काम गरे। विजयले सिमेन्ट कारखानामा समेत काम गरेका थिए ।

मुख्य भूमिकाको रूपमा विजयको पहिलो फिल्मले तीन वटा राष्ट्रिय पुरस्कार जित्यो। यसपछि उनले २०१२ मा गरेका सबै फिल्म सफल भए । योसँगै विजय सेतुपति साउथ फिल्म इन्डस्ट्रीका सबैभन्दा महँगा अभिनेता बने । आज पनि विजयको नाम महँगा कलाकारमा गनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ