- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी सुष्मा तामाङलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले बिदाइ गरेका छन् ।
जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको प्रतियोगितामा तामाङले भाग लिने छिन् । तामाङलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैटौँ नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेल क्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भने, “पदक लिएर फर्कनुहोस्, अग्रिम शुभकामना ।”
बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारिक भ्रमण गरिसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भने, “बक्सिङको अन्तर्राष्ट्रिय अध्यक्ष नेपाल आउनुले पनि नेपाली बक्सिङको अवस्था विश्वमा राम्रो रहेको प्रमाणित गरेको छ ।” मन्त्री अथकले नेपालको सोही स्तरलाई कायम राख्दै च्याम्पियन भएर फर्कन आग्रह गरे ।
एसियाका ३० देश सहभागी हुने अन्डर २२ बक्सिङ प्रतियोगिताकारलागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नवीन तुण्डकारको टिम उजेकीस्तान जान लागेका हुन् ।
तामाङले ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिनुभयो । नेपाली टिम टर्किस एयरबाट मङ्गलवार राती ११ बजे उज्बेकिस्तान जाने कार्यक्रम रहेको छ ।