arrow

बस्दै पाँच दलीय राजनीतिक संयन्त्रको बैठक, एजेन्डामा चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
five-party-gathbandhan.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । संयन्त्रका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामचन्द्र पौडेल छन् । 

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन र आसन्न तीनै तहका निर्वाचनका बारेमा छलफल हुनेछ । १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । जसमा सत्तारुढ गठबन्धन एकातिर तथा प्रमुख प्रतिपक्ष दल एमाले अर्कातिर रहेको छ । 

यसअघि हिजोमात्रै कोरोनामुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । 

सो छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचत गर्न दुवै जना सहमत भएको जनाइएको थियो । तर दुई नेतामात्र सहमति भएर नहुने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएरै गठबन्धन दलहरुबीच छलफल गरेर निर्णय लिइने निष्कर्षमा नेताहरु पुगेृका थिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार स्थानीय तहको निर्वाचन पछाडि धकेल्न खोजिरहेको आरोप लगाइरहँदा आजको बैठकको निर्णय महत्वपूर्ण हुन सक्छ । 

निर्वाचन आयोगले पनि यसै सातासम्म स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ