- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले २७ बुँदे आदेश जारी गरेका छन् ।
मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेश कार्यान्वयनका लागि २७ बुँदे आदेश जारी गरेका हुन् । जारी आदेश मंगलबार मध्यरातिदेखि लागू हुने जारी सूचनामा उल्लेख छ ।
कोरोना बढ्दै जाँदा उपत्यकामा देशकै कूल सक्रिय संक्रमितको ६३ प्रतिशत रहेका छन् ।