arrow

श्रीकृष्णको प्रिय दिनमा कस्तो होला राशिफल ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७८ माघ ५ बुधबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ माघ ५ गते बुधबार, इस्वीसंवत जनवरी १९ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको द्धित्तीय तिथि रहनेछ । आज नक्षत्रमा अश्लेषा विष्कुम्भादि योगमा प्रीति, करणमा तैतिल र आनन्दादि योगमा रक्ष रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २६ घटि २८ पला अर्थात १० घण्टा ३५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५८ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः३२ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज पनि समय खराब रहनेछ । आश्वासन पूरा हुन कठिन छ । महत्वाकांक्षा ठूलै भए पनि उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक-आध्यात्मिक वातावरण एवं चिन्तन मनन् गर्दा राम्रो हुनेछ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्य आदिबाट लाभ हात पार्न समस्या हुनेछ । उच्च वर्गसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँपन आउनेछ ।

वृषः आज पनि समय शुभ छ । आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्ययन-अध्यापन एवं सन्तानबाट पनि सन्तोष लिन सकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवा युवतीको विवाह प्रसङ्ग चल्न सक्ने र प्रेमाभिलाषिहरुका लागि प्रेम सम्बन्ध जोडिन सक्ने योग छ । आज माता भुवनेश्वरीको भक्तिभाव राम्रो हुनेछ ।

मिथुनः आज पनि समय शुभ छैन । संघर्षको अनुभूति हुन सक्ने ग्रहगोचर परेकोछ । आज काम कार्य सम्पादन गर्दा आलोचना र अपजसको सामना गर्नपर्ने देखिन्छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न सकिनेछ । अनिवार्य बाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखे कै उचित हुनेछ । संघर्षको बाबजुत पनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ हासिल गर्न सकिने छ ।

कर्कटः आज पनि समय महत्वपूर्ण छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद-प्रमोदपूर्ण दिनचर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्न सकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा पनि अनुकूलता देखिएको छ ।

सिंहः आज पनि समय खराब छ । ज्ञानशक्ति तथा विद्याको अहंता बढ्न सक्ने छ । गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्न सक्ने छ । मान्छेहरुको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गार्हो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ ।

कन्याः आज पनि समय शुभ रहनेछ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुशीयालीप्रद रहनेछ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत काम कार्यमा लाभ एवं सफलता प्राप्त हुनेछ । 

तुलाः आज पनि समय मध्यम खालको छ । केही अदृश्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्व पाउनेछैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवं समाज सेवाका कार्यमा पनि सरिक हुने मौका मिल्न सक्ने छ । सञ्चित धनको अपव्यय हुन सक्ने छ ख्याल पुर्याउनु होला । सकभर उत्तर दिशाको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

वृश्चिकः आज पनि समय भरपर्दो छैन । काममा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत आकस्मिक आयआर्जन तथा उपलब्धि प्राप्त गर्न सकिनेछ । देश विदेशको यात्रा हुन सक्ने छ । दान दातव्य एवं मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । माता इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

धनुः आज पनि समय शुभ रहने छैन । आँटिलो एवं साहसिलो हुँदाहुँदै पनि केही अवरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुत पनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । काम कार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ ।

मकरः आज पनि समय राम्रो रहनेछ । चन्द्रमा लगायतका ग्रहहरुको प्रतिकूल अवस्थाले स्वास्थ्य राम्रो रहनेछ । समयको प्रतिकूलतालाई नबुझि अघि बढ्नाले पश्चातापमा पान सक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार विहारमा होसियारी अपनाउने र फजुल खर्चका विषयमा मन नदिनु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्न सक्नु हुनेछ ।

कुम्भः आज दिन तथा समय राम्रा छन् । दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि योजना हुन सक्नेछ । मान्यजनसंगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणका लागि भगवान सूर्यदेव र माता इन्द्रायणीको आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।

मीनः आज पनि समय खराब नै रहनेछ । दिन प्रतिकूलता बढ्न सक्ने खालको गोचर परेको छ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत-क्षमता भने बढ्ने छ । दिनमा २ बजेपछि तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आज उत्तर दिशाको यात्रा उपयुक्त छैन ।

साइतः आज सूर्य मकर र चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः५५ बजेदेखि        ०८ः१५ बजेसम्म      लाभ बेला
बिहान ०८ः१५ बजेदेखि      ०९ः३४ बजेसम्म      अमृत बेला
बिहान ०९ः३४ बजेदेखि       १०ः५३ बजेसम्म        काल बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१३ बजेसम्म       शुभ बेला
बिहान १२ः१३ बजेदेखि       १ः३२ बजेसम्म         रोग बेला
दिनमा १ः३२ बजेदेखि        २ः५२ बजेसम्म         उद्धेग बेला
दिनमा २ः५२ बजेदेखि        ४ः११ बजेसम्म         चर बेला
दिउँसो ४ः११ बजेदेखि        ५ः३० बजेसम्म         लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ