arrow

लुटेरा समूहको आक्रमणमा परी असईको टाउकोमा १२ टाँका 

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७८ माघ ५ बुधबार
dhanusha-final.png

जनकपुरधाम । धनुषामा एक लुटेरा समूहले नेपाल प्रहरीका असइमाथि आक्रमण गरेको छ । आक्रमणमा परी घाइते भएका उनको टाउकोमा १२ वटा टाँका लगाउनु परेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई गएराति लुटेरा समूहले आक्रमण गरेका हुन् । बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि असईमाथि नै आक्रमण भएको  प्रहरी स्रोतले जानकारी दिएको छ ।

असई पोखरेलको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको टाउकामा १२ वटा टाँका लागेको अस्पताल स्रोतले जानकारी दिएको हो । 
 
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइललगायत सामान लुटपाट गरेको थियो ।

महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान भुचक्रपुरस्थित  ससुराली जाँदै गर्दा बटेश्वरको राम्रोचोकमा रोकेर सामान लुटपाट गरेपछि प्रहरीलाई खबर पुगेको थियो। 

लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा हानेको प्रहरीले  बताएको छ ।

लुटपाट तथा आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । 
 
जसमध्ये मुख्य आरोपित स्थानीय रामजीवन ठाकुरका साथबाट लागुऔषध नाइट्रोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक रजौरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ