arrow

पशुपति बन्द गरिएकोमा विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
pashupatinath.JPG

काठमाडौं । पशुपतिनाथमा कोरोना भाइरसको संक्रमण देखाएर भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । आज देखि सरकारले पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा विरोध जनाइएको हो । 

रिपोर्टर्स क्लब नेपालमा बोल्दै वरिष्ठ अधिवक्ता बद्री न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । उनले भने,‘क्रिश्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ उनले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । 

‘सत्तामा बस्नेहरु हिन्दुका सबै मठ मन्दिरहरु बन्द गरिन्छ, पशुपतिमा नित्य पुजा बाहेक सबै बन्द गरिन्छ अनि कोभिड भाग्छ । अनि तिनिहरुका सभा र सम्मेलन गर्न परेमा बिसौ हजार मानिस जम्मा हुन्छन् अनि कोभिड भाग्छ । आफ्नो महाधिवेशनमा कोभिडको सुचना आएपनि फिर्ता लिइन्छ ।’ उनले भने, ‘हिन्दुधर्मका पुजाआजा, स्वस्तानीका व्रत आउछन् तब ती महिनामा मात्र कोभिड आउँदो रहेछ । यो विचित्रको कोभिड रहेछ जसले हिन्दु धर्मलाई मात्र असर गर्छ ।’

पशुपति मन्दिर बन्द गरेमा मात्र कोभिड सकिएला त ? उनले प्रश्न गरे । सरकारले दर्शनार्थीहरुलाई मापदण्ड अपनाएर मन्दिर खुल्ला गर्नपर्ने उनको माग छ । कोभिडको नाममा अन्य धर्मको सबै खुल्ला भएको भन्दै कोभिडको कारण देखाउँदै हिन्दुको मन्दिरलाई मात्र तारो बनाएको उनले आरोप लगाए । 

कार्यक्रममा बोल्दै बिश्वभक्त बाबाले धार्मीक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे । राष्ट्रको सबैभन्दा ठुलो शक्ति भएको धर्म हो भन्दै उनले कोभिडको वहानामा मठमन्दिर र देवता नै बन्द गराएर दुनियाँ हसाएको समेत आरोप लगाए । भक्तहरुलाई पशु्पतिनाथ गएर पुजा गर्न मिल्दैन भनेर भन्नेहरुले सबै भक्तहरुको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा उनले जोड दिए । पशुपतिनाथ मन्दिरमा २४ सै घन्टा नित्य पुजा गर्नुपर्ने बताउँदै उनले मन्दिर दशनार्थीहरुको लागि खुल्ला गरिनुपर्ने बताए । 

देवको पनि देव महादेव पशुपति नाथ नामले लुटेर खानेहरुको अब दिन सकिने पनि जिकिर गरे । उनले भने, ‘राष्ट्र भनेको धर्म हो । धर्म भन्दा माथि कोही पनि हुन सक्दैन् । धर्मको विरुद्ध जानेहरु आफै सकिने छन् अब ।’ भष्ट्राचारीको नाइकेको संज्ञा दिँदै नेकपा माआवादीका अध्यक्ष ‘प्रचण्ड’लाई एक्लै हिडेर टुडिखेल आउन समेत उनले चुनौति दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ