arrow

कोरोना चरममा पुगेका बेलामा बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेका बेलामा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको हो ।  निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । 

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ । 

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। 

एलपी ग्यासको मूल्य भने बढाइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ