arrow

मूल्यवृद्धि फिर्ता गर : नेविसंघ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
nebisangh-flag.jpg

काठमाडौं । कोरोना भाइरसको  तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघले  भर्त्सना गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएबाट पुनः सबै क्षेत्रमा चर्को मुल्यवृद्धि हुने भन्दै आहतका बेला राहत दिनुपर्नेमा जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताएका छन् ।

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीको हवाला दिए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शीर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी संकट र महामारीकै बीच पटकपटक गरिएको मूल्यवृद्धि  जनविरोधी कार्य भएको भन्दै 
अत्यावश्यकीय उपभोग्य बस्तुमाथि पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपर्ने भन्दै सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघले माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ