arrow

प्रचण्डको प्रस्तावमा शंकर पोखरेलको व्यंग्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
Shankar-Pokharel1-1619947417.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले व्यंग्य गरेका छन् । सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टि हुन नसकेकाले स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । 

सो प्रस्तावप्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !’ भन्दै सामाजिक सञ्जालबाट व्यंग्य गरेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ