arrow

इरानले २० वर्षे सम्झौताको मस्यौदा रुसलाई गर्‍यो हस्तान्तरण

पुटिनले रायसीलाई के भने ?

logo
एएनआई,
प्रकाशित २०७८ माघ ६ बिहिबार
iran-russia.PNG

मस्को [रुस] । इरानले रुसलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ । आफ्ना रुसी समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर इरानी राष्ट्रपति इब्राहिम रायसीले सम्झौताको मस्यौदा हस्तान्तरण गरेका हुन् । 

इरानी राष्ट्रपति इब्राहिम रायसीले मस्कोमा भ्लादिमिर पुटिनसँगको वार्तापछि बुधबार सो कुरा उल्लेख गरेको  टास समाचार एजेन्सीले जनाएको छ ।

सो भेटमा रुसी राष्ट्रपति  पुटिनले रायसीलाई अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएका थिए । "अब अवश्य पनि तपाईँ र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ। म तपाईँसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईँको धारणा जान्न चाहन्छु," स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। 

"हामीले हाम्रा रुसी सहकर्मीहरूलाई हाम्रा देशहरू बीचको रणनीतिक सहयोगसम्बन्धी कागजात हस्तान्तरण गर्‍यौँ,"  यसले कम्तीमा २० वर्षका लागि सहकार्यका सम्भावनाहरू निर्धारण गर्न सक्ने कुरामा विश्वासको वातावरण निर्माण गर्नेछ, रायसी भने ।

उनले तेहरान र मस्कोबीचको व्यापारको वर्तमान स्तर सन्तोषजनक नभएको भन्दै आर्थिक सहयोग बढाउन सुझाव दिएका थिए ।

रायसी बुधबार औपचारिक भ्रमणका क्रममा मस्को पुगेका हुन् । इरानी राजनीतिज्ञले पदभार ग्रहण गरेपछि पुटिनसँगको यो पहिलो भेट हो। रायसीले बिहीबार रुसको स्टेट डुमा र मस्कोको क्याथेड्रल मस्जिदमा सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ