arrow

उपत्यकाको गल्लीगल्लीमा कोरोना, एकैदिन पीसीआरबाट सात हजार थपिए, सक्रिय ३७ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
kathmandu-valley-kalanki-sky.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी काठमाडौं उपत्यकामा चरमोत्कर्षमा पुगेको छ । बिहीबार एकैदिन पीसीआर परीक्षणबाट अहिलेसम्मकै बढी छ हजार ९८१ संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंका ५ हजार १, ललितपुरका १ हजार १३० तथा भक्तपुरका ८५० जना हुन् । सक्रिय संक्रमितको संख्या पनि उल्लेख्य रहेको छ । जसमा काठमाडौंमा मात्रै २६ हजार ६९८ पुगेका छन् ।

ललितपुरमा ६ हजार ६१२ तथा भक्तपुरमा ३ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् । देशभर कूल  ५७ हजार ३२८ सक्रिय संक्रमित रहेकामा उपत्यकाका मात्रै ३७ हजार ९३ जना हुन् । 

यता बिहीबार देशभर अहिलेसम्मकै सबैभन्दा बढी १२ हजार ३३८ संक्रमित थपिएका छन् । २७ हजार ४९७ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएका हुन् । 

अहिलेसम्मकै सर्वाधिक हो । २१ हजार ७ पीसीआर परीक्षणमा अहिलेसम्मकै बढी १० हजार ५२ संक्रमित थपिए । यो पनि अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार ९ हजार ५०२ संक्रमित पीसीआरबाट पाइएका थिए । 

त्यस्तै ६ हजार ४९० एन्टिजेन परीक्षणबाट २ हजार २८६ संक्रमित पाइएका छन् । कू्रल परीक्षणबाट ४४.८८ प्रतिशत तथा पीसीआर परीक्षणबाट ४७.८६ प्रतिशत संक्रमित पाइएका हुन् । 

जम्मा ६४९ जनामात्र संक्रमणमुक्त भएका छन् । ४ जनाको मृत्यु भएको छ । निको हुने रेट घटेर ९२.२ प्रतिशत पुगेको छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ६३२ जनाको ज्यान गइसकेको छ । 

थपिए १२ हजार तीन सय ३८ संक्रमित, निको हुने अत्यन्त न्यून



नयाँ