जब शत्रुघ्न सिन्हाले फिर्ता गरे विवाहको कार्ड, अभिषेकले पोखे दुःख
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
952
Shares
काठमाडौं । सन् २००७ मा अभिनेता अभिषेक बच्चनको विवाह ऐश्वर्या रायसँग भएको थियो । दुवैको विवाहमा बलिउडका केही चुनिएका व्यक्तिलाई मात्र निम्तो दिइएको थियो । बच्चन परिवारले पठाएको निमन्त्रणालाई कतिपयले खुसीसाथ स्वीकार गरे भने शत्रुघ्न सिन्हा जस्ता दिग्गज कलाकारले निमन्त्रणा कार्ड नै फिर्ता गरिदिए ।
बच्चन परिवारले विवाहलाई भव्य कार्यक्रम बनाउन चाहँदैनथ्यो। सो समय अमिताभकी आमा अस्पतालमा थिइन् । अमिताभले सो अवस्थामा ठुलो कार्यक्रम गर्न असहज माने । तर पनि अभिषेकका आमाबाबुले लगभग सबैलाई कार्ड पठाए । उनीहरूले आशीर्वाद दिउन् भनेर ।
तर शत्रुघ्न सिन्हाले कार्ड फिर्ता गरिदिए । आफ्नो विवाहको तीन वर्षपछि शत्रुघ्नले कार्ड फिर्ता बारे अभिषेकले भनेका थिए, "यो विवाहमा एक व्यक्ति बाहेक सबै जना खुसी थिए र ती शत्रुघ्न सिन्हा हुन् । उनले कार्ड फिर्ता गरे।'
उनले थपे,'कसैको विवाहमा जानु नजानु तपाईँको खुसी हो । तपाईँले सबैलाई खुसी पार्न सक्नुहुन्न। उहाँ एक महान् कलाकार हुनुहुन्छ र सबैलाई आ-आफ्नो विचार राख्ने अधिकार छ। यदि उहाँले यस विवाहलाई सही देख्न सक्नुभएन भने त्यसमा कुनै गलत छैन। म र मेरो परिवार यसका लागि क्षमा प्रार्थी छौँ। यसमा चोट पुर्याउने उद्देश्य पनि थिएन।'
ऐश्वर्या राय बच्चनले यो आफ्नो र अभिषेकको जीवनको सबैभन्दा खुसीको क्षण भएको बताएकी थिइन् । जसलाई उनीहरू सबैभन्दा सुन्दर बनाउन र सबैको आशीर्वाद लिन चाहन्थे तर दिग्गज कलाकार सिन्हा पुगेनन् ।