arrow

दुई सय तीस जना पत्रकारलाई संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
FNJ-Final.jpg

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट संक्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ । 

कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्षहरु संक्रमित भएका छन् । 

प्रतिष्ठान प्रदेश समितिअन्तर्गत शाखा र सञ्चार गृहमा कार्यरत गरी अहिलेसम्म उक्त संख्यामा पत्रकार संक्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । उनले भने, “केही शाखा र सञ्चार गृहको विवरण आउनेक्रम जारी छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ