arrow

किरण नेतृत्वको ३३ दलीय मोर्चासहित तीन वटा दलको दर्ता खारेज 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन् । 

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, मोहन वैद्य किरण नेतृत्वको  ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् ।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए । उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि आयोगले खारेज गरिदिएको हो ।  

यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ