arrow
ADVERTISEMENT

कोरोनाका नाममा माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्यमापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ