arrow
ADVERTISEMENT

यी सवारीसाधनमा लागू हुँदैन जोर विजोर प्रणाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
yatayat-kathmandu-basundhar.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारीसाधनमा जोर विजोर प्रणाली लागू नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । 

आज राति १२ बजेदेखि जोर विजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्योल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएको हो । प्राप्त सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनमा पनि जोर विजोर प्रणाली लागू हुने छैन । 

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछा मासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधन पनि निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ । यसै गरी निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । 

परिचयपत्रको आधारमा बैक, बिमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । 

 सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारीसाधन, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए। 

यसका अलावा जोर दिनमा जोर नम्बर प्लेट भएका र बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारीसाधन सञ्चालन गर्न पाइने जनाइएको छ । उक्त आदेश आज राति १२ बजेदेखि लागू हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ