arrow
ADVERTISEMENT

कोरोनाका कारण कांग्रेस जिल्ला अधिवेशन रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । मुलुकमा कोभिड-१९ को भयावह अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ ।  कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत १६ जिल्ला कार्यसमितिको निर्वाचन तोकिएको मितिमा नहुने भएको हो  । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। 

सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी छ ।  

जिल्लाहरूमा  माघ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो । ६१ जिल्लाको अधिवेशन भने यसअघि नै कांग्रेसले सम्पन्न  गरिसकेको छ।

संक्रमण जोखिम न्यूनीकरण भएर आम जनजीवन सामान्य बन्दै गएपछि उक्त जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने समिति सचिव केशवले जानकारी दिए। 

प्रेस विज्ञप्ति
मुलुकमा पछिल्लो समयमा कोभिड १२ को भयावह अवस्थाका कारण सङ्क्रमितको सङ्ख्यामा दिनानुदिन भइरहेको अत्यधिक वृद्धि तथा आम जनजीवन समेत प्रत्यक्ष प्रभावित र त्रासदीपूर्ण भई रहेको सन्दर्भमा आम नागरिकको स्वास्थ्य सुरक्षा र सतर्कतालाई प्राथमिकतामा राखी सरकारद्वारा समेत स्वास्थ्य सुरक्षा र सावधानीका लागि केही सर्त र मापदण्ड समेत लागु गरेको परिस्थितिलाई ध्यानमा राखी, पार्टीका जिल्ला अधिवेशनका प्रतिनिधि लगायत जिल्ला कार्यसमितिको निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुने पार्टीका नेता एवं कार्यकर्ता निर्वाचन समितिका  प्रतिनिधिहरू सुरक्षा कमी, सञ्चार कर्मी तथा स्वयंसेवक सहयोगी लगायत सबैको स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी २०७८ माघ १५ गते हुने भनिएको उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको २०७० माघ ०६ गतेका बैठकका निर्णयअनुसार हाललाई स्थगित गरिएको छ ।

कोभिड सो सङ्क्रमणको जोखिम न्यूनीकरण तथा आम जनजीवन सामान्य बन्द गएपछि स्थगन गरिएका उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने ब्यहोरा समेत यस विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ