arrow

केएमसी र आन्दोलनरत पक्षबीच सहमति, शुरुभयो विद्यार्थी भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
kmc-sahamati-admission.jpg

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरूका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।

अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु भएको केएमसीका महाप्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइँदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सहमति भएको दाहालले जानकारी दिए ।

यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टेलमै विद्यार्थी बसाउन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरू तयार भएर विद्यार्थी भर्ना धमाधम हुन थालेको दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ