arrow

नबिल बैंकका अध्यक्ष पौडेलबाट सपथ ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
nabil-bank-oath-upendra-poudel.jpg

काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिको पुस ३० गतेको बैठकबाट सर्वसम्मत बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ दिलाएका हुन् । 

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नबिल बैंकले ३७ औं साधारण सभा सम्पन्न गरेको तथा अहिलेसम्म गरिआएका कार्यहरुलाई गभर्नर अधिकारीले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे । 

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाकोसमेत जानकारी गराएका थिए । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा,  १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ