- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै पुलिस अन्तिम आठमा प्रवेश गरेको हो ।
शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमासमेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टी सुट आउटमा समेत ४–४ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।
पुलिसका गोलरक्षक रोशन खड्काले विपक्षी हिमालयन शेर्पा क्लबका पूर्णबहादुर गुरुङको प्रहार जोगाएपछि पुलिसको अगाडिको यात्रा कायम भएको हो । खेलमा पुलिसका रोशन खड्का म्यान अफ दि म्याच भए ।
पुलिसले अब अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
शनिबार क्वार्टरफाइनलको पहिलो खेलमा अमेरिकाको बीवाईएससी मिनेसोटा र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।