arrow

देशभरका आधा भन्दा बढी संक्रमित उपत्यकामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
kathmandu-valley-kalanki-sky.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ३ सय ६ संक्रमित थपिएका छन् । देशभर १० हजार २ सय ५४ नयाँ संक्रमित थपिदा आधा भन्दा बढी उपत्यकामा थपिएका हुन् ।

काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १,११० जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा एकै दिन १६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विगत केही दिनयता दैनिक मृत्यु हुनेको संख्या १ देखि ४ सम्म रहेकोमा शनिबार एकै दिन ६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।

यसअवधिमा ७ सय  ८ जना निको भएका छन्, भने सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १ सय ८७ जनाको नमुना परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ