arrow

कास्की कांग्रेसको कोषाध्यक्षमा माइकल कर्माचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
Michael Karmacharya.jpg

पाेखरा । नेपाली कांग्रेस कास्कीको काेषाध्यक्षमा माइकल कर्माचार्य मनाेनित भएका छन् । पार्टीकाे शनिबार बसेकाे तेश्राे बैठकले कार्यसमिति सदस्य कर्माचार्यलाई काेषाध्यक्षमा मनाेनित गरेकाे सचिव भानु ढकालले जानकारी दिए ।

पार्टीकाे विधानमा अन्य सबै पदमा निर्वाचन हुने तर काेषाध्यक्ष भने सभापति तथा कार्यसमितिले मनाेनित गर्ने व्यवस्था छ । यसैगरी पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारी जिल्ला प्रशिक्षण शाखाको संयोजक नियुक्त भएका छन् ।

बैठकले कोभिड १९ विरुद्धको खोप प्रभावकारीरुपमा जनतालाई उपलब्ध गराउन माग गर्ने निर्णय पनि गरेको छ । पार्टीले पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि र यातायातका साधनको भाडा वृद्धिको विरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ