- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको वि वाई एससी मिनेसोटालाई ३-१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफको पहिलो मिनेटमै वि वाई एससीका मेगाल पलाफक्सले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
वि वाई एससीको यो अग्रता १५ पनि टिक्न सकेन । एपीएफका आवास लामिछानेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
एपीएफका लागि अन्य दुई गोल सब्सीच्यूट खेलाडी रवि थिङले गरेका हुन् । उनले खेलको ८१ औं मिनेट र इन्जुरी समयमा गोल गरेका थिए ।
खेलमा दुई गोल गर्न सफल थिङ नै म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार दोश्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लव र विभागीय टिम नेपाल पुलिस क्लव बीच खेल हुनेछ ।