arrow

उपसभापति भण्डारी प्रशिक्षण शाखा संयोजक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
Ram Babu Bhandari.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीले पार्टीको प्रशिक्षण शाखाको संयोजकको जिम्मेवारी पाएका छन् । पार्टीको शनिबार सम्पन्न बैठकले उनलाई प्रशिक्षण शाखा संयोजक तोकेको हो । 

पार्टी विधानमा प्रशिक्षण शाखालाई महत्वपूर्ण विभागको रुपमा उल्लेख गरिएको छ । यो विभागमा पार्टी उपसभापति मात्रै संयोजक बन्न पाउने व्यवस्था छ ।

पार्टीले आयोजना गर्ने हरेक प्रशिक्षण भण्डारीको नेतृत्वमा हुने पार्टी सचिव भानु ढकालले जानकारी दिए ।  

भण्डारी २०४६ सालको सत्याग्रह आन्दोलनमा जेल जीवन बिताउनुका साथै २०४६ कै जनआन्दोलनमा घरबाटै गिरफ्तार भएका थिए । 

यस्तै, २०५१ सालमा पृथ्वीनारायण क्यापसमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापति उम्मेदवार बनेका थिए ।

उनी प्रजातन्त्र र लोकतन्त्र रक्षार्थ आन्दोलनका क्रममा दर्जनौं पटक गिरफ्तार भएका छन् ।

नेता भण्डारी नेपाली काङ्ग्रेस कास्कीको जिल्ला सदस्य हुँदै १४औं महाधिवेशनबाट उपसभापतिमा विजयी भएका हुन् ।

सरल, सहज, पार्टी भित्र ईमान्दार र त्यागी नेताको छवी बनाएका भण्डारी नेपाली काङ्ग्रेस र आम जनसमुदाय बिच लोकप्रिय छन् ।

उनी निडर र हक्की स्वभावका छन् । भण्डारीले पार्टीमा पुराना र नयाँ पुस्तालाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । 

सबल, सुदृढ र प्रशिक्षित काङ्ग्रेस बनाउन आफूले सक्दो कोसिस गर्ने भण्डारीको भनाइ छ ।

भण्डारीलाई पार्टीले प्रशिक्षण शाखा संयोजकको जिम्मेवारी दिएपछि पार्टीले भण्डारीलाई सही जिम्मेवारी दिएको भन्दै आम कार्यकर्ताले सकारात्मक रुपमा लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ