arrow

आहा रारा गोल्डकपः मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
Manang win pokhara.jpg

पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वाटर फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गर्दै मनाङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

योसँगै पाँच पटक आहा रारा गोल्ड कपको उपाधि जित्न सफल पुलिस क्लब जारी प्रतियोगिताबाट बाहिरिएको छ । 

मनाङलाई विजयी गराउन रुपेश केसीले खेलको ६५ र वलावलेले ८३ औं मिनेटमा एक-एक गोलको योगदान गरेका थिए ।

खेलमा मनाङ मर्स्याङ्दीका बलाबले म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटर फाइनल खेल सङ्कटा क्लब र मच्छिन्द्र क्लब बीच खेल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ