नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
613
Shares
काठमाडौं । नेपालमा ८८ प्रतिशत ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको संक्रमण ८८ प्रतिशत देखिएको जानकारी दिएका हुन् ।
'राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वैन्सिङको आज (आइबार) प्राप्त नतिजा अनुसार ३२ नमुनामध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ,' सह प्रवक्ता डा अधिकारीले भने ।
यसले विश्वव्यापी रुपमा झैँ नेपालमा समेत ओमिक्रोन भेरियन्ट सबैभन्दा बढी सङ्क्रामक भेरियन्ट बनेको मन्त्रालयले जनाएको छ ।
अन्य ४ जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको छ । निकै नै संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट खोप लगाएका र एक पटक संक्रमित भइसकेकालाई समेत सजिलै संक्रमित पार्न सक्छ । यसै कारणले सबैले सावधानीका साथ स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।