arrow
ADVERTISEMENT

सुभाषचन्द्र बोसलाई उचित स्थान नदिएको भन्दै चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
subash-chandra-bose.jpg

विराटनगर । सुभाषचन्द्र बोसको १२५ औं जन्मजयन्ती विराटनगरमा एक कार्यक्रमको आयोजन गरी मनाइएको छ । नेताजी सुभाषचन्द्र बोस इंटरनेशनल फाउंडेशनद्वारा आयोजित कार्यक्रममा भारतको स्वतन्त्रतामा बोसको योगदानको विषयमा विभिन्न वक्ताहरुले प्रकाश पारेका थिए । 

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेताजी बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरबको रूपमा रहेको सगरमाथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए । 

भारतीय जनता पार्टी बिहार प्रान्तका मन्त्री भानुप्रकाश रायले भारतको इतिहासमा नेताजी बोशलाई उचित स्थान नदिएको भन्दै असन्तष्टि व्यक्त गरे । 

त्यस्तै नेताजी सुभाषचन्द्र बोस इन्टरनेशनल फाउन्डेशनका निर्देशक डा. निरञ्जनले बोसको जीवनमाथि प्रकाश पार्दै भारतमा आउने युवा पिढीले भारतलाई स्वतन्त्रता प्रदान गराउने असली वीर पराक्रमी नेताजी बोसलाई उचित स्थान दिलाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा उद्योग बाणिज्य संघ मोरङका महामन्त्री अनिलकुमार साह, समाजसेवी डा. एसएन झा लगायतले आफ्नो वक्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ