कोरोनाका १० हजार तीन सय १९ संक्रमित थपिए, निको हुने २५ सय ४०
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
551
Shares
काठमाडौं । कोरोना भाइरसबाट थप १० हजार ३१९ संक्रमित थपिएका छन् । २१ हजार २०१ जनाको परीक्षण गर्दा ४८.६८ प्रतिशत संक्रमित पाइएका हुन् । जसमा १६ हजार ६५४ पीसीआर परीक्षणबाट ८ हजार ५४ अर्थात् ४८.३७ प्रतिशत हुन् । त्यस्तै ४ हजार ५४७ एन्टिजेन परीक्षणबाट २ हजार २६५ संक्रमित पाइएका हुन् ।
सोमबार एकैदिन २ हजार ५४० संक्रमितलाई निको भएको छ । यो केही हप्तादेखिकै सबैभन्दा बढी हो । तर अनुपातमा निको हुनेको संख्या भने बढ्न सकेको छैन । अहिलेसम्म निको हुने दर घटेर ८९.७ प्रतिशत पुगेको छ ।
थप ४ जनाको ज्यान गएको छ । योसँगै अहिलेसम्म ११ हजार ६५९ जनाको ज्यान गइसकेको छ । हाल सक्रिय संक्रमित बढेर ८२ हजार ५५० पुगेका छन् ।