उपत्यकामा ५२ हजार आठ सय ४२ कोरोना संक्रमित, थपिए चार हजार छ सय ७६
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
610
Shares
तस्बिर– फाइल
काठमाडौं । कोरोना भाइरसको हटस्पट कायमै रहेको काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ५२ हजार आठ सय ४२ रहेको छ । सोमबार चार हजार छ सय ७६ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ५२ हजार आठ सय ४२ पुगेको हो ।
देशभर सक्रिय संक्रमित ८२ हजार पाँच सय ५० रहेकामा उपत्यकामा मात्रै ६४ प्रतिशत संक्रमित रहेका हुन् । जसमा काठमाडौंमा ३८ हजार ५८१, ललितपुरमा ९ हजार ५१ तथा भक्तपुरमा ५ हजार २१० रहेका हुन् ।
कोरोना भाइरसबाट देशभर सोमबार १० हजार ३१९ संक्रमित थपिएका छन् । २१ हजार २०१ जनाको परीक्षण गर्दा ४८.६८ प्रतिशत संक्रमित पाइएका हुन् । जसमा १६ हजार ६५४ पीसीआर परीक्षणबाट ८ हजार ५४ अर्थात् ४८.३७ प्रतिशत हुन् । त्यस्तै ४ हजार ५४७ एन्टिजेन परीक्षणबाट २ हजार २६५ संक्रमित पाइएका हुन् ।
जसमा काठमाडौं उपत्यकाका मात्रै ४ हजार ६७६ जना हुन् । यो संख्या पीसीआरको मात्रै हो । जसमा काठमाडौंका ३ हजार ६३४, ललितपुरका ५८७ तथा भक्तपुरका ४५५ जना हुन् ।
सोमबार एकैदिन २ हजार ५४० संक्रमितलाई निको भएको छ । यो केही हप्तादेखिकै सबैभन्दा बढी हो । तर अनुपातमा निको हुनेको संख्या भने बढ्न सकेको छैन । अहिलेसम्म निको हुने दर घटेर ८९.७ प्रतिशत पुगेको छ ।
थप ४ जनाको ज्यान गएको छ । योसँगै अहिलेसम्म ११ हजार ६५९ जनाको ज्यान गइसकेको छ ।