arrow

१५ जिल्लामा ५ सय भन्दा बढी संक्रमित, चारको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
corona-2021.jpg

काठमाडौं । नेपालका १५ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २०० भन्दा बढी संक्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् ।

यसै समयावधिमा थप ४ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५९ पुगेको छ । 
 
पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको सङ्ख्या ८२ हजार ५५० पुगेको छ । नेपालमा संक्रमण दर १७.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार २ सय १ जनाको नमुना परीक्षण गरिएको थियो । यस अवधिमा २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने सङ्ख्या आठ लाख २४ हजार २३९ पुगेको छ । यो दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 हाल होम आइसोलेसनमा ८० हजार ७७९, संस्थागत आइसोलेसनमा एक हजार ७७१, सघन उपचार कक्ष २३८ र भेन्टिलेटरमा ४३ जनाको उपचार हुँदै छ । 

विगत २४ घण्टामा आज एक लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ८९ हजार ४२५ जना र पूर्ण मात्रा एक करोड २९ लाख ६६ हजार ३६२ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज एक लाख ६८ हजार ९६९ मात्रा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ