arrow

मंगलबारदेखि टेकु अस्पतालमा खोप लगाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
teku-hospital.jpg

काठमाडौं । चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोप अभियान रोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले मंगलबारदेखि पुनस् खोप अभियान सुरु गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन भएकाले भोलिदेखि खोप अभियान सञ्चालन हुने जानकारी अस्पतालले विज्ञप्ति जारी गर्दै दिएको छ ।

विभिन्न अस्पतालमा पछिल्लो समय खोप लगाउनेको भीड बढेको छ । टेकुमा भने अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ को संक्रमण भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

यस्ताे छ अस्पतालकाे विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ