arrow

‘स्टुपिड सन अफ बिच्’ भन्दै बाइडेनले गरे पत्रकारलाई गाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
joe-biden-new.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले फक्स न्युजका पत्रकारलाई गाली गरेका छन् । सोमबार ह्वाइटहाउसमा पत्रकारहरुसँग बोलिरहेका बेला फक्स न्युजको ह्वाइट हाउस हेर्ने पत्रकार पिटर डुसीले प्रश्न गरेपछिको त्यसको जवाफसँगै बाइडेनले गाली गरेका हुन् ।

पत्रकार डुसीले के तपाईलाई मुद्रास्फीति मध्यकालमा राजनीतिक दायित्व हो जस्तो लाग्छ (Do you think inflation is a political liability in the midterms?)? भन्दै प्रश्न गरेका थिए ।

यसपछि बाइडेनले भने, 'यो ठूलो सम्पत्ति हो' (It’s a great asset) । त्यससँगै बाइडेनले अघि भने, 'अधिक मुद्रास्फीति। कस्तो कुकुरको मूर्ख छोरो (More inflation. What a stupid son of a bitch.)।'

यद्यपि, यो भनिरहदा बाइडेन रिसाउनु भन्दा पनि हसिलो मुहार गरेर भनिरहेका थिए । यो घटनाको करिब एक घण्टापछि आफुलाई राष्ट्रपतिले फोन गरेको पत्रकार डुसीले बताएका छन् ।

पत्रकार डुसीले यो कुरालाई सामान्यरुपमा लिएका छन् । यो बाइडेनले गालीका रुपमा डुसीलाई नभनेको बुझाइ छ ।

यसअघि बराक ओबामा राष्ट्रपति र आफु उपराष्ट्रपति रहेका बेला उनले किफायती हेरचाह ऐन 'अ बीग फकिङ डील'(This is a Big Fucking deal) भन्दै टिप्पणी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ