arrow

प्रचण्ड पत्नी सीता फर्किइन् घर  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
sita-dahal.jpg

काठमाडौं । अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । 

कोरोना सङ्क्रमण देखिएपछि पाँच दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको थियो ।

सीताको स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेकाले घर जाने सल्लाह दिएको वरिष्ठ नशारोग विशेषज्ञ डा बाबुराम पोखरेलले बताए । यद्यपि कोभिड असर कम भएपछि थप उपचारका लागि अस्पताल आउन आग्रह गरिएको छ ।   

केही समयअघि प्रचण्डलाई पनि कोरोना सङ्क्रमण भएको थियो । उनलाई नेगेटिभ आए लगत्तै सीतालाई पोजेटिभ देखिएको थियो ।

सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ