- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई १-० गोलले पाखा लगाउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोखरा रङ्गशालामा आज मङ्गलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा थ्री स्टारलाई हराउन आर्मीका राजीव गुरुङले महत्त्वपूर्ण योगदान गरे ।
राजीवले ७० औँ मिनेटमा गरेको एक गोल नै खेलमा निर्णायक बन्यो ।
अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ मर्स्याङ्दीको सामना गर्नेछ ।
फाइनल प्रवेशका लागि बुधवार मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।