युक्रेनमा रुसले आक्रमण गरे अमेरिकाले पुटिनमाथि प्रतिबन्ध लगाउँछ- बाइडेन
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
537
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि समेत प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेमा खतरनाक परिणामको सामना गर्नुपर्ने पश्चिमा राष्ट्रहरुले चेतावनी दिँदै आएका छन् ।
यसबीच अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरेमा पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका हुन् । रुसले युक्रेनसँगको सीमामा लाखौं सेना र हातहतियार तैनाथ गरेको छ । यद्यपि उसले युक्रेनमाथि आक्रमण गर्ने योजना भने अस्वीकार गरेको छ ।
यसबीच नाटोले युरोपमा आफ्नो उपस्थिती बढाएको छ । नाटोले युद्ध सैन्य समुह र हातहतियार सहित पूर्वी युरोपमा उपस्थिती कडा पारेको हो ।