arrow

नेपालमा पुरुष भन्दा महिला सात लाख बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
janganana-population-census.jpg

काठमाडौं । नेपालको जनगणना २०७८ अनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या यति देखिएको हो ।

विभागको तथ्यांक अनुसार नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या झन्डै ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको छ भने, पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

विभागको प्रारम्भिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।    

यसअघि २०६८ मा को गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। ।  अघिल्लोपटक एक प्रतिशतभन्दा बढी रहेको जनसंख्या वृद्धिदर यसपटक ०.९३ प्रतिशत देखिएको छ । विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको विभागको प्रारम्भिक तथ्यांक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ