arrow

एपीएफ आहा रारा गोल्डकपको फाइनलमा, मछिन्द्र पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
Apf.jpg

पोखरा । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी आहा रारा गोल्डकपको उपाधि नजिक पुगेको छ । मछिन्द्र फुटवल क्लबलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

पोखरा रङ्गशालामा आज भएको खेलमा मछिन्द्रलाई एपीएफले ३–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफका खेलको २५ औँ मिनेटमा सनिश श्रेष्ठ, ७७ औँ मिनेटमा प्रदीप लामा र इन्ज्युरी समयको सातौँ मिनेटमा नवीन लामाले गोल गरे । 

मच्छिन्द्रका लागि खेलको ४० औँ मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गरे ।

७१ औँ मिनेटमा खेलाडी करिम रातो कार्ड खाँदै बाहिरिएपछि मछिन्द्र क्लब १० खेलाडीमा सीमित भएको थियो । 

एपीएफले अब फाइनलमा बिहीबार हुने मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब बीचको विजेतासँग खेल्नेछ ।



नयाँ