- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । मनाङ-मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बलियो प्रतिद्वन्द्वी विभागीय त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ फाइनलमा पुगेको हो ।
पोखरा रङ्गशालामा आज बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा ४-३ गोलले पराजित गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।
मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।
एपीएफ बुधवार मच्छिन्द्र क्लबलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।