arrow

राष्ट्रपति र प्रधानमन्त्रीबीच के भए कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
sital-niwas.jpeg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न राष्ट्रपति भवन शीतलमा समसामयिक विषयमा छलफल भएको छ ।

त्यस अवसरमा उनीहरूबीच बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको थियो । 

“सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीबीच अपराह्न ३ बजेदेखि करिब एकघण्टा भेटवार्ता भयो, यो नियमित भेट हो”, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटबारे जानकारी दिँदै भने । 

स्थानीय निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको तथा संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने दृढता व्यक्त गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ