arrow

निजी र ट्याक्सीमा मात्रै जोरविजोर, विद्यालय माघ मसान्तसम्म बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
kathmandu-road1.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारी साधनमा मात्रै जोर विजोर प्रणाली लागु हुने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै यस्तो जानकारी दिएको हो ।

यस्तै अन्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, भीडभाड, सभाजुलुस नगर्ने लगायतका पूरानै आदेशहरु जारी रहेका छन् । उता, कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले निजी र ट्याक्सीमा मात्रै जोर विजोर प्रणाली लागु गर्न सिफारिस गरेको छ ।

यस्तै सीसीएमसीसीले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने बिषयलाई माघ मसान्तसम्म लम्ब्याउनसमेत सिफारिस गरेको छ । त्यतिञ्जेल वैकल्पिक माध्यमबाटै शैक्षिक गतिविधि सञ्चालन गर्न सीसीएमसीसीले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी नयाँ आदेश यहाँ क्लिक गरेर पढ्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ