arrow

सूर्यदेवको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७८ माघ १६ आइतबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ माघ १६ गते आइतबार, इस्वीसंवत जनवरी ३० तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको त्रयोदशी तिथि रहनेछ । आज नक्षत्रमा पूर्वाषाढा, विष्कुम्भादि योगमा हर्षण, करणमा भद्रा र आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २६ घटि ५९ पला अर्थात १० घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५४ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४१ बजे हुनेछ । आज शहीद दिवस परेको छ । 

आजको राशिफल

मेषः आज पनि समय अत्यन्त खराव रहनेछ । आज सरकारी काममा समस्या पर्नेेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी पश्चिम दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ । 

वृषः आज स्वास्थ्य राम्रो रहनेछैन । आफन्तसंग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

मिथुनः आज पनि समय राम्रो रहेको छ । स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ । 

कर्कटः आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

सिंहः आज पनि समय शुभ छैन । गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

कन्याः आज समय अत्यन्त शुभ छैन । चिसोले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ । 

तुलाः आज समय अत्यन्तै श्भ छ । एक्कासी आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे-जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

वृश्चिकः आज समय अत्यन्तै खराब छ । चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्,  गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पश्चिम दिशाको यात्रामा ध्यान पुर्याउनुहोला । 

धनुः आज स्वास्थ्य सबल रहनेछ । यसअघिका समस्या आज समाधान हुने देखिन्छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, पछि हट्नु ठीक छैैन, धार्मिक भ्रमण समेत आज हुन सक्नेछ तर आफन्तसंग अलि सतर्क हुन आवश्यक देखिन्छ, आज खेलकुदमा सहभागी हुन मन लाग्नेछ, तर पश्चिमतर्फको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

मकरः आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भः आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ,  रोकिएका प्रायःजसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम भेट हुनेछ ।

मीनः आज आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्नै कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पु¥याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

साइतः आज सूर्य मकर र चन्द्रमा धनु राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः५२५ बजेदेखि        ०८ः१३ बजेसम्म      उद्धेग बेला
बिहान ०८ः१३ बजेदेखि      ०९ः३४ बजेसम्म       चर बेला
बिहान ०९ः३४ बजेदेखि       १०ः५५ बजेसम्म        लाभ बेला
बिहान १०ः५५ बजेदेखि       १२ः१६ बजेसम्म       अमृत बेला
बिहान १२ः१६ बजेदेखि       १ः३७ बजेसम्म         काल बेला
दिनमा १ः३७ बजेदेखि        २ः५८ बजेसम्म         शुभ बेला
दिनमा २ः५८ बजेदेखि        ४ः१९ बजेसम्म         रोग बेला
दिउँसो ४ः१९ बजेदेखि        ५ः४० बजेसम्म         उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ