arrow

पशुपति क्षेत्रमा 'वनकाली उद्यान'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
bankali-udhyan.jpg

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली उद्यानलाई पुनः स्थापित गरेको छ । पशुपति संरक्षित बनकाली क्षेत्रमा राधा माधव सेवा समितिले कृपालु उद्यान नाम राखेका थिए । ऐतिहासिक पौराणिक महत्त्वको वनकाली उद्यानको नाम हटाई समितिले कृपालु उद्यान राखेपछि विवादमा रहँदै आएको थियो ।

कोषका सदस्यसचिव डा. मिलन कुमार थापाको निर्णयमा शनिवारबाट सो स्थानमा कृपालु उद्यान हटाएर बनकाली उद्यान, पशुपति लेखिएको बोर्ड राखिएको छ ।' स्थानीय सम्पदा तथा संस्कृतिविदहरु उपस्थितमा कोषका सञ्चालक परिषद् सदस्यहरू रमेशराज शिवाकोटी, देवी प्रसाद बराल, आशा पाण्डे, उद्धव बडाल र पूर्ण सङ्गम जेठारा समेतको सहभागितामा सो कार्य भएको छ । 

पुरातत्त्व संरक्षित पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक महत्त्वमा आँच पुग्ने गरी राखिएको बोर्ड हटाई पौराणिक महत्त्व भएको वनकाली उद्यान पुनः स्थापित गरिएको कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले जानकारी दिए । 

पुरातत्त्व विभागले २०७७ साल पुष २८ गते वनकाली क्षेत्रमा राखिएको कृपालु उद्यानको नाम रहेको बोर्ड' तुरुन्तै हटाई विभागलाई जानकारी गराउन कोषलाई पत्र पठाएको थियो । तर सो समय पनि काम हुन नसकेपछि विभागले पुनः माघ ४ गते कोषलाई कृपालु उद्यानको नाम रहेको बोर्ड हटाएर वनकाली उद्यान, पशुपति लेखिएको बोर्ड राख्ने पत्र पठायो । सोही अनुसार कोषको नीतिगत निर्णय बमोजिम सो स्थानमा कृपालु उद्यानको नाम रहेको बोर्ड हटाएर वनकाली उद्यान, पशुपति लेखिएको बोर्ड राखेको छ । 

कोषले समितिलाई पटक-पटक छलफलमा बोलाई बोर्ड हटाएर सहयोग गर्न अनुरोध समेत गरेको थियो। तर समितिको तर्फबाट कुनै पनि प्रकारको पहल कदमी भएको थिएन । राधा माधव समितिले सो उद्यान कोषलाई हस्तान्तरण समेत नगरेको र शीघ्र हस्तान्तरण कार्यक्रम गर्नका निमित्त पत्राचार गरिएको सदस्य देवी प्रसाद बरालले जानकारी दिए ।

कोषाध्यक्षको तत्कालीन कार्यकाल रहँदा आफुले हटाउने प्रयास गरेको भए तापनि विविध कारणले सम्भव हुन नसकेको कार्य पुरा हुँदा सदस्य सचिव डा. थापाले प्रसन्नता व्यक्त गर्दै सहयोगी परिषद् सदस्य, कोषका कर्मचारी, संस्कृतविद् तथा सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ