- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिज वेष्ट इन्डिजले जितेको छ । बार्बाडोसको राजधानी ब्रिजटाउनमा भएको पाँचौं तथा अन्तिम एवं निर्णायक खेलमा घरेलु टोलीले इङ्गल्याण्डलाई १७ रनले हराएपछि सिरिज वेष्ट इन्डिजले ३–२ ले जितेको हो ।
वेष्ट इन्डिजले दिएको १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको इङ्गल्याण्ड एक सय ६२ रनमा अलआउट भएको थियो । इङ्गल्याण्ड एक बल खेल्न बाँकी छँदै अलआउट भएको थियो ।
जेम्स भिन्सले ३५ बलमा ५५ तथा साम बिलिङ्सले २८ बलमा ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
जासन होल्डरले ४ बलमा ४ विकेट लिँदै कीर्तिमान बनाए । अहिलेसम्म टी–२० मा कुनै पनि वेष्ट इन्डिजका बलरले ४ बलमा ४ विकेट लिएका थिएनन् ।
टी–२० मा अन्तर्राष्ट्रियमा ४ बलमा ४ विकेट लिने उनी चौथो खेलाडी हुन् ।
समग्रमा जासनले २७ रन खर्चेर ५ विकेट लिए । त्यस्तै अकिल हुसेनले ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो ।
कप्तान केइरन पोलार्डले २५ बलमा नटआउट रहँदै ४१ रन जोडे । त्यस्तै रोभ्मान पावेलले १७ बलमा नटआउट रहँदै ३५ रन जोडे ।
ब्राण्डन किङले ३१ बलमा ३४ तथा कायल मेयर्सले १९ बलमा ३१ रन बनाए । आदिल राशिद र लियाम लिभिङस्टोनले २–२ विकेट लिए ।
जासन प्लेयर अफ द म्याचसँगै प्लेयर अफ द सिरिज भए । उनले १५ विकेट लिए । त्यस्तै ३७ रन बनाए ।