arrow

हुथीले यूएईमा मिसाइल हान्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
Isaac-Herzog-Sheikh-Mohammed-bin-Zayed-al-Nahyan.PNG

काठमाडौं । पहिलो पटक इजरायलका राष्ट्रपति संयुक्त अरब एमिरेट्स (युएई)को भ्रमणमा रहेका बेला हुथी समुहले मिसाइल आक्रमण गरेको छ । सोमबार इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग पहिलोपटक यूएईको भ्रमणमा पुगेका छन्।

यमनबाट हुथी समुहले हानेको उक्त मिसाइल बाटोमै खसालिदिएको युएईले जनाएको छ । हुथीले हानेको मिसाइललाई कुनै मानवस्ती नरहेको ठाउँमा खसालीएको युएईले जनाएको छ ।

उक्त मिसाइल दुबई वा आबुधाबी कुन सहरलाई लक्षित गरी गरिएको थियो भन्ने खुलाइएको छैन। अहिले युएईमा सबै हवाई सेवा सामान्यरुपमा सञ्चालनमा रहेको बताइएको छ ।

केही दिनअघि जनवरी १७ मा हुथी समुहले आबुधाबीमा आक्रमण गर्दा ३ जनाको मृत्यु भएको थियो । यूएई साउदी अरेबियाको गठबन्धनमा सम्मिलित देश हो ।

साउदी गठबन्धन र इरान समर्थित हुथी विद्रोहीसँग पछिल्लो ७ वर्षयता द्धन्द्ध जारी छ । यो अवधिमा लाखौं मानिस विस्थापित भएका छन् भने, कयौंले ज्यानले गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ