arrow

कुनै सुपरस्टार भन्दा कम छैनन् यी कलाकार, एकै फिल्मको लिन्छन् करोडौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
brahmanandam.jpg

काठमाडौं । ब्रह्मानन्दम दक्षिण भारतीय चलचित्रका कमेडियन स्टार हुन् । उनी कुनै सुपरस्टार भन्दा कम छैनन् । ब्रह्मानन्दमले एक फिल्म बराबर एक करोड भन्दा बढी भारतीय रुपैयाँ लिने गरेका छन् । उनले अहिले सम्म एक हजार भन्दा बढी चलचित्रमा अभिनय गरेर वर्ल्ड रेकर्ड बनाएका छन् ।   अर्को कुरा उनी प्राय सबै दक्षिण भारतीय चलचित्रमा देखिन्छ पर्छन् ।  

भारतीय सञ्चारमाध्यमका अनुसार ब्रह्मानन्दमको कुल सम्पत्ति ३२० करोड रुपैयाँ छ। ब्रह्मानन्दमसँग अडी आर८, अडी क्यू७, मर्सिडिज बेन्ज जस्ता लक्जरी कारहरू छन्। यसबाहेक उनीसँग करोडौँको कृषि जमिन पनि छ । यसबाहेक हैदराबादको पोश क्षेत्र जुबली हिल्समा ब्रह्मानन्दमको आलिसान बङ्गला छ। उनलाई सन् २००९ मा पद्मश्रीबाट पनि सम्मानित गरिएको थियो ।

आज यो अवस्थामा पुग्न ब्रह्मानन्दमलाई त्यति सहज भने थिएन । आन्ध्र प्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा १ फेब्रुअरी १९५६ मा जन्मेका ब्रह्मानन्दमको परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । त्यसको बाबजुद पनि उनले एमए सम्मको शिक्षा लिए । त्यो परिवारमा एमएसम्म पढ्ने उनी एक्लो व्यक्ति थिए । स्नातकोत्तर गरेपछि उनले अत्तिल्ली कलेजमा तेलुगु लेक्चररको रूपमा काम गर्न थाले। कलेजमा उनी प्रायः विद्यार्थीलाई नक्कल गरेर हँसाउँथे ।

एक पटक अन्तर कलेज नाटक प्रतियोगितामा उत्कृष्ट सहकालकारको पुरस्कार पाएपछि उनको नाटकप्रतिको चासो झनै बढ्यो । यस समयमा प्रसिद्ध तेलुगु फिल्मका निर्देशक जन्धयालाले ब्रह्मानन्दमलाई पहिलो पटक  'मोद्दाबाई'  नामक नाटकमा अभिनय गरेको देखे। जान्ध्याला उनको अभिनयबाट यति प्रभावित भए कि उनले ब्रह्मानन्दमलाई फिल्म  'चन्ताबाबाई'  मा सानो भूमिकाको प्रस्ताव गरे र यही फिल्मबाट ब्रह्मानन्दमको फिल्मी करियर सुरु भयो।

यसपछि जनध्यालाको दोस्रो फिल्म 'आहा न पेल्लानता' मा ब्रह्मानन्दमको अभिनयलाई मानिसहरूले निकै रुचाएका थिए । यो फिल्मपछि उनी फिल्मी दुनियाँमा चर्चित भए । ब्रह्मानन्दमले हालसम्म  एक हजारभन्दा बढी फिल्म गरिसकेका छन् । यसै कारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि लेखिएको छ ।

ब्रह्मानन्दमले जुलाई २०१५ मा आफ्नो पारिश्रमिक बढाएर १ करोड पुर्‍याएका थिए । अहिले हरेक फिल्मका लागि १-२ करोड भारु लिन्छन् । उनले आफ्नो लोकप्रियता र हिट फिल्मका कारण यो निर्णय गरेका हुन् । कुनै पनि कमेडियनका लागि यती पारिश्रमिक लिनु ठुलो कुरा हो । 

ब्रह्मानन्दम एक अभिनेता हुन् जो लगभग सबै दक्षिण फिल्महरूमा देखा पर्दछ। ६६ वर्षीय ब्रह्मानन्दमले दक्षिण भारतीय फिल्म ‘अप्पुला अप्पा राव’ (१९९१), ‘किंग’ (२००८), ‘आर्या २’ (२००९) र ‘अहा ना पेल्लानता’ (२०११), ‘रचा’ (२०१२) मा काम गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ