arrow

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।
 
योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्याएको छ । 

त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।

यति हुँदासमेत प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋढ लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ