arrow

बाँकेमा सशस्त्र प्रहरीले धमाधम अवैध सामग्री बरामद गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
apf-baramad.PNG

नेपालगन्ज । सशस्त्र प्रहरीको टोलीले नेपालगन्जबाट लाखौँ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सीमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। 

मङ्गलवार बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेनटाइन कार्यालय बुझाई नष्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले जानकारी दिएका छन् । 

त्यस्तै सशस्त्र प्रहरीले नेपालगन्ज १६ जयसपुरहुँदै भारतबाट लुकिछिपी ल्याउँदै गरिएका ६० हजार रुपैयाँ बराबरका व्यात्री र ७० हजार रुपैयाँ बराबरको एउटा अटो रिक्सा बरामद गरेको छ। 

उता सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् । साइकललाई भोलि नेपालगन्ज भन्सार कार्यालय बुझाइने प्रक्रियामा रहेको उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले भारतबाट ल्याइएका ५४ हजार रुपैयाँ बराबरका अवैध किराना सामाग्री बरामद गरि नेपालगन्ज भन्सार बुझाइएको उपरीक्षक बस्नेतले बताए। 

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बाँकेको कमान्ड सम्हालेको केही दिनमै तस्करीविरुद्ध धावा बोल्दै आएका छन् । त्यसयता सशस्त्र प्रहरी तस्करविरुद्ध धावा बोल्दै धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ