arrow

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
Meat-butchering.jpeg

भक्तपुर । भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ ।  भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । 

नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो । 

वधशाला फोहर हुँदा यहाँबाट बजार जाने मासु पनि स्वस्थ्यकर नहुने र यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने उनले बताए । वधशालालाई अझ बढी व्यवस्थित गरी तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने संयोजक गोराको भनाइ छ । 

अधिकांश वधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, फोहोर पानी निकासको व्यवस्थापन नभएको, पानी शुद्धिकरण नगरेको, पशुपक्षी वधयोग्य भए-नभएको परीक्षण नगरेको र राँगा वध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको पाइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ