arrow

विदुरका अनुसार यस्ता मानिसले पाउँछन् स्वर्ग

logo
विदुर नीति,
प्रकाशित २०७८ माघ १९ बुधबार
king-and-sadhu-vidur.jpg

विदुर नीतिमा नीति सिद्धान्तहरूको सुन्दर वर्णन पाइन्छ। विदुरले आफ्ना नीतिहरूद्वारा मानिसको सुखी जीवनको सारलाई  बताउन खोजेका छन्। 

जसले आफ्नो जीवनमा विदुरको नीति अपनाउँछ, उभन्दा संसारमा अरू कोही सुखी हुन सक्दैन। आफ्नो एउटा श्लोकमा विदुरले भनेका छन्  जसमा दश गुण हुन्छन्, उसले स्वर्ग लोक प्राप्त गर्छ। 

गृहीतवाक्यो नयविद् वदान्यः शेषान्नभोक्ता ह्यविहिंसकश्च। 
नानर्थकृत्याकुलितः कृतज्ञ: सत्यो मृदुः स्वर्गमुपैति विद्वान्।। 

विदुरका अनुसार आफूभन्दा ठुलाको आज्ञा पालन गर्ने व्यक्तिले जीवनमा कहिल्यै धोका खाँदैन । यो सम्मानको प्रतीक पनि हो। यस्तो व्यक्तिले सबै ठुलाबाट माया पाउँछ।

विदुर नीतिका अनुसार जो व्यक्तिले नीतिको सही र प्रभावकारी पालना गर्दछ । यस्तो व्यक्तिले आफ्नो जीवनमा उच्च आदर्शको स्थापना गर्दछ । यस्तो व्यक्ति परम ज्ञानी हुन्छ। यस्तो व्यक्तिले मृत्यु पछि स्वर्ग प्राप्त गर्दछ।

दान-पुण्य गर्ने मानिस कोमल हृदयको हुन्छ। यस्ता मानिसहरू धेरै पुण्य आत्मा हुन्छन्। यस्ता मानिसमा भगवान्को कृपा सधैँ रहन्छ र मृत्यु पछि स्वर्ग जान्छन्।

विदुर नीतिका अनुसार जो व्यक्ति यज्ञ शेषको भोजन गर्छ । यस्तो व्यक्तिले मृत्यु पछि स्वर्ग प्राप्त गर्दछ।

विदुर नीतिका अनुसार जो व्यक्ति जीवनभर अहिंसाको मार्गमा हिँड्छ । त्यो व्यक्ति पवित्र आत्मा हो। मरेपछि स्वर्गमा स्थान पाउँछ।

विदुर नीति अनुसार जो खराब कर्मबाट टाढा रहन्छ। कसैलाई हानि गर्दैन। यस्तो व्यक्तिले अवश्य स्वर्ग पाउँछ।

कृतज्ञ व्यक्तिले सधैँ स्वर्ग प्राप्त गर्छ। यस्तो व्यक्ति सधैँ सन्तुष्ट स्वभावको हुन्छ र ईश्वरप्रति कृतज्ञताको भावना हुन्छ।

सत्य बोल्ने मानिसले मृत्युपछि स्वर्ग प्राप्त गर्छ। यस्तो व्यक्ति हृदयमा स्पष्ट र निडर हुन्छ।

इमानदार व्यक्ति समाजको नजरमा सम्मानित हुन्छ । यस्तो व्यक्तिलाई सबैले विश्वास गर्छन्। यस्ता मानिस मरेपछि स्वर्ग जान्छन्।

केही मानिसलाई विद्वान बनेपछि अहम् भाव आउँछ । तर केही मानिसहरू विद्वान हुनुको साथै नम्र पनि हुन्छन्। विदुर भन्छन् यस्तो नम्र स्वभाव भएको व्यक्तिले स्वर्ग प्राप्त गर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ